रसुवा बाढी: ४०३ पर्यटक सम्पर्कविहीन, १३३ जना भारतीय नागरिक
clickmandu.com · Wed Aug 26 17:18:56 GMT 2026

काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि ४०३ जना पर्यटकहरू सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कमा नआउनेहरूमा सबैभन्दा ठूलो सङ्ख्या भारतीय पर्यटकको रहेको छ ।
बोर्डका अनुसार १३३ जना भारतीय नागरिक सम्पर्कविहीन छन् भने दोस्रो सङ्ख्यामा ६२ जना नेपाली रहेका छन् । यस्तै, अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक पनि बाढीपछि सम्पर्कमा आएका छैनन् ।
Read full story at source (clickmandu.com)