ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
nepalnews.com · Sun Jul 12 12:39:22 GMT 2026

ढोरपाटन। बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ। गत १६ फागुनमा बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन–तकसेरा सडक सञ्चालनमा आएको हो।
नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको सडक निर्माण कार्य ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अनुमति प्राप्त भएपछि सम्पन्न भएको हो। सडक सञ्चालनमा आएपछि बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका स्थानीयलाई आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ।
Read full story at source (nepalnews.com)