भोटेकोशीको बाढीका कारण पोखरा विश्वविद्यालयद्वारा भाद्र ११ गतेको परीक्षा स्थगित
ratopati.com · Wed Aug 26 17:30:04 GMT 2026

काठमाडौँ । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशभर उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयद्वारा सञ्चालित स्पृङ २०२६ अन्तर्गत भोलि (बिहीबार) तोकिएका विषयहरूको परीक्षा हालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक राजु पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।
बाढीका कारण सिर्जित विषम परिस्थितिका कारण परीक्षार्थीहरूलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो । स्थगित गरिएका विषयहरूको नयाँ परीक्षा मिति पछि सूचना प्रकाशित गरी जानकारी गराइने परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ ।
Read full story at source (ratopati.com)