गत आर्थिक वर्षमा बैंकहरुमार्फत भित्रियो ५१.२७% रेमिट्यान्स, सबैभन्दा बढी कुन बैंकबाट भित्रियो ?
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : गत आर्थिक वर्ष २०७८–७९ मा मुलुक भित्रिएको कुल रेमिट्यान्समध्ये ५१.२७% बैंकहरुमार्फत भित्रिएको छ । बाँकी ४८.७३% रेमिट्यान्स भने अन्य रेमिट्यान्स कम्पनीमार्फत भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवको अवसरमा बिहीबार सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा बढी हिमालयन बैंकमार्फत १६.९% रेमिट्यान्स भित्रिएको छ ।
त्यसपछि, नेपाल एसबीआई बैंकमार्फत १६.७७% र ग्लोबल आइएमई बैंकमार्फत १५.६५% रेमिट्यान्स भित्रिएको छ । यता, बैंकबाहेकका रेमिट्यान्स कम्पनीमध्ये आइएमई लिमिटेडमार्फत ३१.१२%, सिटी एक्सप्रेसमार्फत १४.९२% र प्रभु मनि ट्रान्सफरमार्फत १०.९१% रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
Read full story at source (nepalipaisa.com)