रसुवामा फेला परेका ३ जनाको शव पोस्टमार्टमका लागी काठमाडौँ ल्याइयो
ratopati.com · Wed Aug 26 18:01:04 GMT 2026

काठमाडौँ । रसुवामा फेला परेका ३ जनाको शव पोस्टमार्टमका लागी काठमाडौँ ल्याइएको छ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिएर बहाव बढ्दा रसुवा र नुवाकोट क्षेत्रको तटीय क्षेत्रमा भौतिक र मानवीय क्षति भएको हो ।
रसुवामा फेला परेका ३ जनाको शव पोस्टमार्टमका लागी हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । सो शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नुवाकोट र धादिङमा भेटिएको शव पनि काठमाडौँ ल्याइने डीआईजी काफ्लेले बताए । उनले भने, ‘बाटोको सहजता हेरेर आवश्यकता अनुसार केही शव काठमाडौँमा र केही शव प्रभावित जिल्लाहरूमा नै पोस्टमार्टम गरिने छ ।’
Read full story at source (ratopati.com)