रसुवा बाढी : उद्धार गरिएका ३७ जना घर फर्किए, ४ जना अझै सैनिक तालिम केन्द्रकै आश्रयमा
ratopati.com · Wed Aug 26 18:06:51 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई उद्धार गरिएकाहरूमध्ये ३७ जना व्यक्तिहरू नुवाकोटको त्रिशुलीस्थित सैनिक तालिम केन्द्रबाट आ–आफ्नो घर फर्किएका छन् । बाढीको जोखिमबाट जोगाएर सुरक्षित स्थानमा ल्याई नुवाकोटको त्रिशुलीमा राखिएका ४१ जनामध्ये ३७ जना आफन्तकोमा बस्ने गरी फर्किएका हुन् भने बाँकी ४ जना अझै पनि सुरक्षाका लागि तालिम केन्द्रमै बसिरहेका छन् ।
सैनिक प्रवक्ता एवं सहायकरथी राजाराम बस्नेतका अनुसार बाढी प्रभावितहरूलाई नुवाकोटको त्रिशुलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा सुरक्षित रूपमा राखिएको थियो । प्रवक्ता बस्नेतले अन्य व्यक्तिहरू सुरक्षित अवस्थामा रहेकाले आफ्ना आफन्तहरूकहाँ बस्न जाने गरी त्यहाँबाट प्रस्थान गरिसकेको जानकारी दिएका छन् । उद्धार गरिएका केही व्यक्तिहरूलाई भने रसुवाकै धुन्चेस्थित सैनिक ब्यारेकमा समेत राखिएको छ ।
Read full story at source (ratopati.com)