प्रधानमन्त्रीले फेसबुकमार्फत भने– बाढीपीडितको उद्धार र पुनर्स्थापनामा सरकार पूर्ण शक्तिका साथ परिचालित छ
bishowkhabar.com · Wed Aug 26 18:18:14 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उद्धार, उपचार, राहत र पुन:स्थापनाका लागि सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।
बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री साहले ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकलाई यो कठिन घडीमा राज्य एक्लो नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Read full story at source (bishowkhabar.com)