गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, घटनाका सम्बन्धमा छानविन समिति गठन गरिने
nepalsamaya.com · Sun Jul 12 13:39:43 GMT 2026

काठमाडौं। मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौं महानगरपालिकाबीच आठ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १४ घण्टा लामो वार्तापछि आज बेलुका ५ः०० बजे नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच आठ बुँदे सहमति भएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समेतको उपस्थितिमा पीडित पक्षसँग छलफल भइ सहमति भएको हो। सहमति भएसँगै पीडित पक्ष नेपालीको शव परीक्षण प्रक्रिया अगाडि बढाउन र शव बुझ्न सहमत भएका छन्।
Read full story at source (nepalsamaya.com)