अहिले देशमा आर्थिक मन्दी लागेको छ त्यसलैले पूर्व माओवादी लडाकुलाई पैसा होइन रोजगारी दिऔं : शेखर कोइराला
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : नेपाली कांग्रेस नेता शेखर कोइरालाले गठबन्धन सरकारको आलोचना गरेका छन् । आज आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर नेता कोइरालाले पूर्वअयोग्य लडाकुलाई पैसा बाँड्ने कार्य अस्वीकार्य रहेको भन्दै ’माओवादी नेतृत्वको सरकारको विरोध गरौं’ भनेका छन् । उनले सरकारी कर्मचारीलाई तलब खुवाउन र पूर्व शिक्षकलाई पेन्सन दिन समेत नसक्ने अवस्था भएका वेला पूर्वलडाकुको नाममा पैसा बाँड्ने काम गलत भएको बताएका हुन् ।
विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै उनले पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताएका छन् । त्यसैले उनीहरुलाई पैसा होइन रोजगारी दिऊँ ।
Read full story at source (nepalipaisa.com)