बिहीबार बिहानैदेखि खोज तथा उद्धार पुन: सुचारु गरिने, घाइतेहरूको सुरुवाती उपचार सेनाको ब्यारेकमा
bishowkhabar.com · Wed Aug 26 18:33:31 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत खोज तथा उद्धार कार्य सुचारु गरिने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेहरूलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको छ ।
Read full story at source (bishowkhabar.com)