शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
ratopati.com · Sun Jul 12 13:50:36 GMT 2026

काठमाडौँ । नेपाल सरकारले हालै जारी गरेको शिक्षा नियमावली २०५९ को दशौँ संशोधनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आपत्ति जनाएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष काशीनाथ दंगालले आइतबार जारी गरेको विज्ञप्तिमा देशभरका २६ हजार भन्दा बढी सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरूको क्षेत्राधिकार सङ्कुचन गर्ने, समुदायको अस्तित्व र भूमिकालाई अवमूल्यन गर्ने तथा विद्यालय र समुदायबिचको सम्बन्ध विच्छेद गराउने अभिप्रायले यो संशोधन ल्याइएको आरोप लगाइएको छ।
Read full story at source (ratopati.com)