विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
ratopati.com · Sun Jul 12 14:00:31 GMT 2026

काठमाडौँ। पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।
शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक रहेको छ।
Read full story at source (ratopati.com)