बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत हवाई उद्धार सुरु गरिने
ratopati.com · Wed Aug 26 19:14:34 GMT 2026

चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ । बुधबार राति ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ भने सडक, विद्युत् आयोजना र खानेपानी जस्ता भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।
बाढी प्रभावित र जोखिममा परेकाहरूको सङ्ख्या अत्यधिक भएकाले आज (बिहीबार) बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत हवाई उद्धार सुरु गरिने भएको हो ।
Read full story at source (ratopati.com)