क्यारिबियनमा अमेरिकी आक्रमणमा चारको मृत्यु
barnanmedia.com · Wed Aug 26 19:15:00 GMT 2026

क्यारिबियन सागरमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ । ट्रम्प प्रशासनले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध सैन्य कारबाही जारी राखिरहेका बेला पछिल्लो घटना भएको हो ।
अमेरिकी साउदर्न कमान्डले एक्समार्फत सार्वजनिक गरेको विवरणअनुसार संयुक्त टास्क फोर्स वेस्टर्न हेमिस्फियरले मङ्गलबार क्यारिबियनमा स्थापित लागुऔषध तस्करी मार्गमा सञ्चालन भइरहेको जहाजलाई लक्षित गरी आक्रमण गरेको थियो । कमान्डले उक्त जहाज लागुऔषध तस्करीमा संलग्न रहेको गुप्तचर सूचनाबाट पुष्टि भएको जनाएको छ । आक्रमणमा चार जनाको मृत्यु भए पनि उनीहरूको पहिचान र घटना भएको क्यारिबियनको निश्चित स्थानबारे कमान्डले जानकारी दिएको छैन ।
Read full story at source (barnanmedia.com)