सम्पर्कविहीनको खोजी र उद्धारका लागि सशस्त्र प्रहरीको तीव्र समन्वय
ratopati.com · Wed Aug 26 19:38:00 GMT 2026

सुदूरपश्चिम । रसुवामा आएको बाढीका कारण समस्यामा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रमा रहेका सुरक्षा युनिटसँग समन्वय गरिरहेको जनाएको छ ।
विभिन्न माध्यम तथा सशस्त्र प्रहरीको आपत्कालीन तथा टोल फ्री नम्बर १११४ मा प्राप्त सूचनाका आधारमा खोज तथा उद्धारका लागि केन्द्रीय कार्यालय र रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा रहेका युनिटसँग समन्वय भइरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिए ।
Read full story at source (ratopati.com)