अर्जेन्टिना सेमिफाइनलमा नहार्ने र इंग्ल्यान्डले विश्वकप जित्नै नसक्ने अनौठो संयोग तोडिएला ?
shilapatra.com · Sun Jul 12 15:01:09 GMT 2026
अर्जेन्टिना र इंग्ल्यान्ड भन्नेबित्तिकै धेरैको मनमा आइहाल्छ डिएगो म्याराडोनाले सन् १९८६ मा गरेको हाते गोल, जसलाई म्याराडोनाले ‘ह्यान्ड अफ गड’ (भगवान्को हात)को नाम दिएका थिए । म्याराडोनाले बायाँ हातले हल्का छोएर गरेको गोललाई छेक्न गोलकिपर पिटर सिल्टनले कुनै मौका नै पाएका थिएनन् ।
अझै रोचक त ५१ मिनेटको त्यो विवादास्द गोलको चार मिनेटपछि उनै म्याराडोनाले अर्को उत्कृष्ट गोल गरे । मैदानको आधाभन्दा पनि अगाडिको भागबाट एक्लै डिब्लिङ गर्दै लगेको सोलो गोल अन्ततः सानदार गोलमा परिणत भएको थियो, जुन अर्को ऐतिहासिक गोल थियो, जसलाई शताब्दीकै उत्कृष्ट गोल भनेर घोषणा गरियो । तर, त्यही क्वार्टरफाइनलबाट अघि बढ्दै म्याराडोनाप्रेरित अर्जेन्टिनाले दोस्रोपटक विश्वकप पनि उठायो । आज पनि दिवंगत म्याराडोना त्यही भगवान्को हाते गोल र शताब्दीकै उत्कृष्ट घोषित गोलका नाममा सम्झिइन्छिन् ।
Read full story at source (shilapatra.com)