लमजुङ, धादिङ र सिन्धुपाल्चोकसहितका जिल्लामा भारी वर्षा, त्रिशूली र भोटेकोशीमा बाढीको जोखिम
ratopati.com · Wed Aug 26 19:57:04 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार बिहान १ः३० बजे जारी गरिएको विशेष बुलेटिन अनुसार पछिल्लो १ देखि ३ घण्टामा लमजुङ, तनहुँ, गोरखा, धादिङ, सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
ती क्षेत्रहरूमा अझै थप वर्षा हुने सम्भावना रहेकाले मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली र भोटेकोशी लगायतका ठुला नदीहरूका साथै सो क्षेत्र भएर बहने अन्य स–साना खोलाहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने विभागले जनाएको छ ।
Read full story at source (ratopati.com)