भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
ratopati.com · Sun Jul 12 15:26:51 GMT 2026

तनहुँ । नेपालका मौलिक भाषा, लिपि र संस्कृतिहरू लोप हुने जोखिम बढिरहेका बेला तनहुँमा पुस्तान्तरणमार्फत तमु (गुरुङ) भाषा र संस्कृति जोगाउन पहल थालिएको छ ।
व्यास नगरपालिका–१ विज्ञानचौर, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले आफ्नै आन्तरिक स्रोतसाधन परिचालन गरी सातदिने ‘तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम’ सञ्चालनमा ल्याएको हो । आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बद्र्धन एवं विकास समिति’को आयोजनामा सञ्चालन गरिएको तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्रशिक्षणपछि आ–आफ्ना पालिका तथा समुदायमा पुगेर तमु भाषा र लिपिको प्रशिक्षण अभियान सञ्चालन गर्ने लक्ष्य लिइएको छ।
Read full story at source (ratopati.com)