बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
nepalsamaya.com · Sun Jul 12 15:30:32 GMT 2026

ढोरपाटन (बागलुङ)। बागलुङ बजारको खानेपानी समस्या समाधान लागि लिफ्टिङ आयोजना सुरु गरेको आठ वर्ष बित्यो। अघिल्लो वर्ष नै आयोजनाको ९६ प्रतिशत काम सकिए पनि अहिलेसम्म निर्माण कम्पनीले नगर खानेपानी संस्थालाई हस्तान्तरण गर्न सकेको छैन।
अहिले बागलुङ बजारका धारामा धमिलो पानी आउँदा स्थानीयले शुद्धीकरण नगरी पिउन सक्दैनन्। खानेपानी तथा ढल निकास विभागमार्फत काठेखोलाबाट लिफ्ट गरी बजारमा पानी ल्याउनका लागि २०७५ सालमा ठेक्का लगाएको थियो। विसं २०७७ मा सक्ने गरी ‘कन्काई, जयमाता जेभीले रु ३० करोड २६ लाखमा जिम्मा लिएको थियो। तोकेको समयमा काम नसकेपछि लागत बढेर रु ३४ करोड ६५ लाख लागत मूल्य पुर्याइसकेको छ। तर निर्माण कम्पनीले अझै योजना हस्तान्तरण गर्न सकेको छैन।
Read full story at source (nepalsamaya.com)