आङ्देम्बेले प्रयोग गरेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति बाँस्कोटाको नियमापत्ति, संसदकाे रेकर्डबाट हटाउन माग
shilapatra.com · Wed Jun 10 11:29:16 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रयोग गरेका अशिष्ट र अपमानजनक शब्दप्रति नियमापत्ति जनाएकी छन् । उनले संसदकाे गरिमा घटाउने खालका शब्दहरू प्रयोग नगर्न आग्रह गरिन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) अन्तर्गत नियमापत्ति गर्दै सांसद बाँस्कोटाले अशिष्ट, अश्लील र अपमानजनक शब्द प्रयोग गर्न नपाइने व्यवस्था सम्झाइन् । त्यो उपनियम अनुरूप ‘सदनको चीरहरण’ ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ जस्ता शब्दहरू संसदकाे मर्यादा विपरीत रहेकोले रेकर्डबाट हटाउन माग गरिन् ।
Read full story at source (shilapatra.com)