मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
ratopati.com · Sun Jul 12 17:36:15 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आइतबार आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ ।
बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको छ । यसैगरी स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा बन्द भएको छ ।
Read full story at source (ratopati.com)