नवलपरासीमा भेटिएकामध्ये १४५ वटा शवको गरियो व्यवस्थापन
annapurnapost.com · Wed Sep 02 10:40:35 GMT 2026

नवलपरासी: रसुवा बाढीका कारण नारायणी नदी (गण्डक क्षेत्र) मा बगेर नवलपरासीसम्म आइपुगेका १९५ वटा शवमध्ये १४५ वटाको व्यवस्थापन गरिएको छ। भारतीय क्षेत्रमा फेला परेका १४ वटासहित बाँकी रहेका ५० वटा शवको व्यवस्थापन भने अझै हुन सकेको छैन।
फेला परेका शवमध्ये हालसम्म ५ जनाको मात्रै सनाखत भएको छ। पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका सबै शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी मदन थापाले जानकारी दिए।
Read full story at source (annapurnapost.com)