दर्ता नगरी संचालनमा रहेका १५ कन्सल्टेन्सीका १८ जना संचालक पक्राउ
canadanepal.com · Thu Jun 25 17:21:08 GMT 2026

काठमाडौं-। प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक कन्सल्टेन्सीका १८ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरू फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो । पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
Read full story at source (canadanepal.com)