रसुवाको भोटेकोशी बाढीको कहर: १५७ जनाको मृत्यु, ८०० हाराहारी बेपत्ता
kalakarmi.com · Wed Aug 26 23:54:37 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति भएको छ । बाढी तथा पहिरोका कारण अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ८०० जना बेपत्ता रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझ बढ्न सक्ने सुरक्षा निकायको भनाइ छ ।
बुधवार बिहान करिव नौ बजेको समयमा तिब्बततर्फबाट अचानक आएको ठूलो जलप्रवाहपछि भोटेकोशी नदीमा आएको बाढीले रसुवाका टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी लगायतका क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ । बाढीको तीव्र बहावले सडक, पुल, घर तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ ।
Read full story at source (kalakarmi.com)