मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
barnanmedia.com · Thu Aug 27 00:00:19 GMT 2026

हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो पाक्ने स्याउ भने भदौ २२ गतेपछि मात्रै टिप्न सकिनेछ ।
उक्त कार्यतालिका कार्यान्वयनमा लैजान सबै स्थानीय तह, कृषक र व्यापारीलाई अनुरोध गरिएको कृषि तथा पशु सेवा विकास कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)