बाढी प्रभावित क्षेत्रका लागि सेनाका आठ ट्रकबाट राहत सामग्री पठाइयो
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल मानवीय सहायता पुर्याउने उद्देश्यले नेपाली सेनाका आठवटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाएको छ। गृह मन्त्रालयको समन्वयमा राहत बोकेका ती सवारीसाधनहरू आज राति नै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका हुन्।
प्रभावित क्षेत्रमा पठाइएका सामग्रीहरूमा ५०० थान मच्छरदानी, १,००० थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभीए क्षमताको एक थान जेनेरेटरलगायत रहेका छन्।
Read full story at source (hamrakura.com)