कुलमान भन्छन्- राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ
nepalviews.com · Wed Jun 10 11:45:40 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ भन्ने अनुभव भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफूहरु षड्यन्त्रको सिकार बनेको भन्दै अब षड्यन्त्रमा होइन, देशको एउटा सशक्त पार्टी र शक्तिको रुपमा जनताको विश्वास कमाएर स्थापित हुने बताए ।
उनले भने, ‘राजनीतिमा लागेपछि धेरै कुरा जान्नुपर्ने रहेछ । षड्यन्त्र गर्न पनि जान्नुपर्ने रहेछ । हामी षड्यन्त्र गर्ने परेनौं । षड्यन्त्रमा फस्यौं । अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रुपमा र शक्तिको रुपमा जनताको विश्वास कमाएर हामी स्थापित हुने छौं ।’
Read full story at source (nepalviews.com)