आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो
nepalnews.com · Thu Aug 27 00:30:28 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ। सेनाका ती सवारीमा गएराति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन्।
Read full story at source (nepalnews.com)