डेढ दर्जन बैङ्क तथा वित्तीय संस्थामा क्षति
gorkhapatraonline.com · Thu Aug 27 00:34:30 GMT 2026

काठमाडौँ, भदौ ११ गते । बाढीका कारण तीन जिल्लाका डेढ दर्जन बैङ्क तथा वित्तीय संस्था प्रभावित भएका छन् । बुुधबार रसुुवामा गएको बाढीका कारण रसुुवा, धादिङ र नुुवाकोटमा रहेका १८ वटा बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालय प्रभावित भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुुरुप्रसाद पौडेलले बाढीका कारण १८ वटा बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुुगेको जानकारी दिनुुभयो । वाणिज्य बैङ्कका नौ शाखा, विकास बैङ्कका आठ शाखा र वित्त कम्पनीका एउटा शाखा प्रभावित भएको उहाँले जानकारी दिनुुभयो ।
Read full story at source (gorkhapatraonline.com)