रसुवा बाढीका घाइतेको आज बिहानैदेखि हेलिकप्टरमार्फत पुनः उद्धार हुँदै
kendrabindu.com · Thu Aug 27 00:31:35 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि पुनः उद्धार हुँदैछ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकणको गएराति अबेर सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
Read full story at source (kendrabindu.com)