रसुवा बाढीः हालसम्म १५७ जनाको मृत्यु, केहीको परिचय खुल्न बाँकी
nepalpress.com · Thu Aug 27 00:32:53 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्नसकेको छैन ।
प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा छ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा छ जना (पहिचान नखुलेको)को शव भेटिएको छ । गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ ।
Read full story at source (nepalpress.com)