आकस्मिक बाढीले आतंकित जनता, बाढी पूर्वानुमान शाखाले भन्यो : अर्को ठूलो बाढी आउँदैन
himalpress.com · Thu Aug 27 00:45:06 GMT 2026

काठमाडौँ- रसुवा बाढीले जनतामा तनाव सिर्जना भएको छ। आकस्मात आएको बाढीले ठूलै जनधनको क्षति पुर्याएको छ। फेरि बाढी आउने भय समेत पलाएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान तथा पूर्व सूचना महाशाखाले नुवाकोट क्षेत्रबाट निरन्तर थप ठूलो बाढी नआउने पुष्टि गरेको छ।
महाशाखाले हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठुलो बाढी आउने कुनै विश्वसनीय आधार नदेखिएको भन्दै नागरिकहरूलाई संयमित रहन र अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको हो ।
Read full story at source (himalpress.com)