९५२ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
annapurnapost.com · Wed Sep 02 10:58:08 GMT 2026

झापा : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत भारतको गलगलियास्थित एक घरबाट ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन्। ती कारोबारीले भद्रपुर नाका हुँदै नेपालमा ब्राउन सुगर सप्लाई गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सशस्त्र सीमा बल (एसएसबी) ४१औँ बटालियनले लागूऔषधविरुद्ध सञ्चालन गरिरहेको अभियानअन्तर्गत गोप्य सूचनाका आधारमा छापा मार्दा ९५२ ग्राम ब्राउन सुगर बरामद भएको हो। एसएसबी ४१औँ बटालियनका कमान्डेन्टको निर्देशनमा सहायक कमान्डेन्ट अरविन्द कुमारको नेतृत्व र गलगलिया थानाको संयुक्त टोलीले बुधबार बिहान टीकाटोलीस्थित मोहम्मद जलालको घरबाट सो परिमाणको ब्राउन सुगर बरामद गरेको जनाएको छ।
Read full story at source (annapurnapost.com)