राष्ट्रिय विपत्तिमा पनि प्रधानन्यायाधीश शर्मालाई नियुक्तिकै चटारो
barnanmedia.com · Thu Aug 27 01:03:55 GMT 2026

देश अहिले अभूतपूर्व विपत्तिको सामना गरिरहेको छ । रसुवागढी नाकादेखि भोटेकोसी हुँदै त्रिशूली किनारका बस्तीहरू बाढी र पहिरोले तहसनहस भएका छन् । डेढ सय शव भेटिएका छन् । हराइरहेकाहरुको संख्या गणनाबाहिर छ । करिब ४० किलोमिटर सडक र त्यसमा बनेका पुलहरूको नामोनिसान छैन । रसुवामा आएको बाढीले विद्युत् पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ । उत्पादन, प्रसारण र वितरण प्रणाली नै प्रभावित भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार १२ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । यो देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत हो । नौवटा जलविद्युत् आयोजनाका १९६ कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् ।
Read full story at source (barnanmedia.com)