अन्नपूर्णकर्मी पौड्याललाई ललितकला पत्रकारिता पुरस्कार
annapurnapost.com · Thu Feb 18 16:58:00 UTC 2021
काठमाडौं : ललितकला पत्रकार समाज ‘सोफाज’द्वारा हरेक वर्ष प्रदान गरिने ललितकला पत्रकारिता पुरस्कारद्वारा अन्नपूर्णकर्मी अजवी पौड्याल (राधा पौड्याल) पुरस्कृत भएकी छन्। उनीसहित ५ जना कला क्षेत्रका पत्रकारले सो पुरस्कार प्राप्त गरेका हुन्।
ललितकला पत्रकारिता पुरस्कार प्राप्त गर्नेमा अन्नपूर्णकर्मी अजवी पौड्याल, नारायणबहादुर सिंह, स्मृति ललितकला पत्रकारिता पुरस्कार प्राप्त गर्नेमा दीपक श्रेष्ठ र सिर्जु बज्राचार्य तथा सोफाज लक्ष्मीमाया कुमाले त्यस्तै स्मृति ललितकला पत्रकारिता पुरस्कार प्राप्त गर्नेमा हेमन्त गौतम र दीपक परियार रहेका छन्। पुरस्कृत पत्रकारलाई जनही एघार हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।
Read full story at source (annapurnapost.com)