ताराखोलाले रसुवा र नुवाकोटको विपद् कोषमा एक–एक लाख सहयोग गर्ने
gorkhapatraonline.com · Thu Aug 27 01:17:59 GMT 2026

रसुवागढी क्षेत्रमा बुधबार आएको भीषण बाढीबाट ठुलो क्षति भएपछि उद्धार तथा राहतका लागि सहयोग जुट्न थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लाको विपद् कोषमा आर्थिक सहयोग गर्ने भएको छ ।
गाउँपालिकाको कार्यपालिका बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएकाले दुवै जिल्लाको विपद् कोषमा एक–एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी जित सुनारले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)