रसुवामा रहेका सल्यान कपुरकोटका १३ जना श्रमिक सम्पर्कविहीन
onlinekhabar.com · Thu Aug 27 01:17:41 GMT 2026

११ भदौ, काठमाडौं । रसुवामा आएको बाढीपछि सल्यानको कपुरकोट गाउँपालिकाका १३ जना नागरिक सम्पर्कविहीन भएका छन्। कपुरकोट गाउँपालिकाले सूचना जारी गर्दै उनीहरूको खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन सबै सरोकारवालासँग अपिल गरेको छ।
गाउँपालिकाका अनुसार भदौ १० गते तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति भएको छ । सोही घटनाका क्रममा कपुरकोट गाउँपालिकाबाट विभिन्न कामको सिलसिलामा रसुवा पुगेका १३ जना नागरिक हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।
Read full story at source (onlinekhabar.com)