सरकारी निर्देशनविपरीत गृहमन्त्रीकै संस्था ‘हामी नेपाल’ ले राहतको नाममा पैसा उठाउदै
kendrabindu.com · Thu Aug 27 01:28:45 GMT 2026

काठमाडौं । सरकारले रसुवाका बाढीपीडितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित संस्था ‘हामी नेपाल’ ले भने सार्वजनिक रूपमा आर्थिक सहयोग आह्वान गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न तथा नगराउन आग्रह गरेको थियो । तर सरकारको उक्त आग्रह सार्वजनिक भएको केही समयमै ‘हामी नेपाल’ ले सामाजिक सञ्जालमार्फत बाढी प्रभावितका लागि आर्थिक तथा वस्तुगत सहयोग गर्न सार्वजनिक आह्वान गरेको सूचना सामाजिक सञ्जालमा छरपस्ट भएको छ ।
Read full story at source (kendrabindu.com)