दर्जन विद्यालयमा क्षति
gorkhapatraonline.com · Thu Aug 27 01:31:03 GMT 2026

रसुवाको भोटेकोशी हुँदै अन्य नदीसम्म फैलिएको बाढीले धादिङ, नुवाकोट र रसुवा जिल्लाका एक दर्जन विद्यालयमा क्षति पु-याएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति रसुवा जिल्लामा भएको प्रारम्भिक अनुमान छ ।
मन्त्रालयका अनुसार रसुवाका तीन वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । एउटा विद्यालयमा भने आंशिक क्षति पुगेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार उक्त जिल्लाको नीलकण्ठ माध्यमिक विद्यालय, चिप्लेटी आधारभूत विद्यालय र मोर्डन ट्रिनिटी विद्यालयमा पूर्ण क्षति भएको छ । नीलकण्ठ माध्यमिक विद्यालय धेरै विद्यार्थी अध्ययनरत गर्ने विद्यालयमा पर्ने मन्त्रालयले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)