त्रिशूली र नारायणी नदी किनारमा ६४ शव फेला, भरतपुर अस्पतालको शवगृह भरियो
kendrabindu.com · Thu Aug 27 02:05:31 GMT 2026

चितवन । भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली र नारायणी नदीमा ६४ शव फेला परेका छन् । भेटिएका शव सग्लो र शरीरका अंगहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
भरतपुर अस्पतालको शवगृह भरिएको छ । शवगृहमा शव नअटाए पछि अब भेटिएका शवलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
Read full story at source (kendrabindu.com)