भोटेकोसी बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु, २८ प्रहरी वेपत्ता
kendrabindu.com · Thu Aug 27 02:11:35 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेको छ । चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी (पूर्व) २६ र नवलपरासी (पश्चिम)मा दुई शव फेला परेको छ ।
४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशुली अस्पतालमा ९ जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना, बिरेन्द्र सैनिक अस्पताला १ जना, ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार जारी छ ।
Read full story at source (kendrabindu.com)