अमेरिकी अभ्यास र नेपाल
gorkhapatraonline.com · Thu Aug 27 02:21:03 GMT 2026

नेपालमा अमेरिकाको राजनीतिक चरित्रलाई हेर्ने दुई वटा विपरीत दृष्टिकोण छन् । एकथरीले यसलाई लोकतन्त्रको धरोहर, अनन्त अवसरको देश र विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र भन्छन् । अर्काथरी भने अमेरिकालाई साम्राज्यवादी शक्ति र विश्वराजनीतिमा हस्तक्षेपकारी शक्तिका रूपमा चित्रण गर्छन् । अमेरिकाको राजनीतिक इतिहास र वर्तमान शक्ति बुझ्न यसको ऐतिहासिक पृष्ठभूमि हेर्नुपर्ने हुन्छ । सन् १६०७ देखि १७७६ सम्म करिब १५० वर्षभन्दा बढी समय अमेरिकामा बेलायतीले शासन गरे । सन् १७७६ जुलाई ४ मा बेलायती उपनिवेशबाट मुक्त भएसँगै अमेरिकाले आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा उभ्यायो । सन् १७८३ को पेरिस शान्ति सम्झौतापछि मात्र बेलायतले अमेरिकाको पूर्ण स्वतन्त्रतालाई औपचारिक रूपमा स्वीकार गरेको थियो । आफ्नो स्वतन्त्रताको २५० औँ वर्ष पुगेको ऐतिहासिक अवसरमा अमेरिकाले अहिले विश्वभरि नै विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिरहेको छ ।
बेलायतले १८ औँ शताब्दीमा सुरु गरेको औद्योगिक क्रान्तिलाई अमेरिकीहरूले निकै छोटो समयमै आत्मसात् गरे । कृषि औजार, आधुनिक मेसिनरी, ठुलो परिमाणमा उत्पादन, रेलमार्ग, टेलिग्राम र फेर्न मिल्ने पाटपुर्जाको तीव्र विकास गरी दोस्रो पुस्ताको औद्योगिकीकरणमा अमेरिकाले जर्मनी र फ्रान्ससँगै नेतृत्वदायी भूमिका खेल्यो । सन् १८९० मा जर्मनी बेलायतको अर्थतन्त्र (जिडिपी) लाई उछिनेर विश्वकै ठुलो अर्थतन्त्र बन्यो तर सन् १९२० सम्म आइपुग्दा विश्व अर्थतन्त्रले अर्को नयाँ मोड लियो र अमेरिका विश्वकै सबैभन्दा ठुलो ऋणदाता राष्ट्र बन्न सफल भयो ।
Read full story at source (gorkhapatraonline.com)