२ दशकमा ४ ठूला विपत्ति
annapurnapost.com · Thu Aug 27 02:18:47 GMT 2026

काठमाडौं : चीनको तिब्बतबाट उत्पत्ति भई नेपाल प्रवेश गर्ने त्रिशूलीको मुख्य सहायक नदी भोटेकोशी क्षेत्र पुनः एक पटक भीषण बाढीको चपेटामा परेको छ। नदीको कुल जलाधार क्षेत्रको ९० प्रतिशतभन्दा बढी भाग तिब्बततर्फ पर्ने भएकाले नेपालतर्फ घाम लागिरहेकै अवस्थामा पनि माथिल्लो भेगमा हिमताल फुट्दा वा पहिरोले नदी थुनिँदा यहाँ पटक–पटक भीषण बाढी आउने गरेको छ। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र इसिमोडको अध्ययन अनुसार पछिल्लो दुई दशकयता रसुवाको भोटेकोशीमा चारवटा ठूला विनाशकारी बाढी आइसकेका छन्।
२०६२ असारमा तिब्बतस्थित केरुङ चो हिमताल फुटेर आएको आकस्मिक बाढीले ऐतिहासिक रसुवागढी क्षेत्रका पक्की पूर्वाधारहरू ध्वस्त बनाएको थियो। पूर्वसूचनाका कारण मानवीय क्षति नभए पनि नेपाल–चीन जोड्ने कच्ची सडक र अस्थायी मितेरी पुल बग्दा द्विपक्षीय व्यापार लामो समय प्रभावित भएको थियो।
Read full story at source (annapurnapost.com)