भैँसीको असली मालिक पत्ता लगाउन 'डीएनए टेस्ट'
lokaantar.com

भारतको बिहारस्थित गया जिल्लामा एउटै भैँसी दुई पक्षले आफ्नो दाबी गरेपछि विवाद सल्ट्याउन अब पुलिसले अत्याधुनिक वैज्ञानिक प्रविधि अर्थात् डीएनए टेस्टको सहारा लिने भएको छ। मगध क्षेत्रका आइजी विकास वैभवले यो निष्पक्ष छानबिन गराउँदै भैँसीको वास्तविक मालिक पत्ता लगाउन ग्रामीण एसपी दिव्यांजलि जयसवाललाई कडा निर्देशन दिएका छन्। डीएनए रिपोर्ट आएपछि मात्र भैँसीलाई उसको असली मालिकको जिम्मा लगाइने दैनिक जागरणको समाचामा उल्लेख छ ।
अनौठो विवादको शुरूआत मोहडाको सेउत्तर गाउँका बासिन्दा सूरज यादव (सुरेश यादव) को भैँसी हराएपछि भएको थियो। केही दिनपछि उक्त भैँसी उपथूको महाचकस्थित नौरङ्गा टोलमा प्रकाश माझीको घरमा फेला पर्यो। सूरजले आफ्नो भैँसी भएको दाबी गर्दै अतरी थानामा चोरीको एफआईआर दर्ता गराए। पुलिसले शुरूमा भैँसीलाई थानामा ल्याएर सूरजको जिम्मा लगाएको थियो, तर प्रहरीले एक पक्षलाई मात्र पक्षपोषण गरेको आरोप लागेपछि भैँसीलाई पुनः थानामै झिकाइयो।
Read full story at source (lokaantar.com)