भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना
khabarhub.com · Thu Aug 27 03:03:30 GMT 2026

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ ठूलो क्षति पुर्याउनुका साथै चीनको तिब्बत स्वायत्त क्षेत्रमा पनि गम्भीर प्रभाव पारेको छ। नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले सीमापारि चीनको शिगात्सेअन्तर्गत केरुङ (क्योरिङ) क्षेत्रमा व्यापक जनधनको क्षति पुर्याएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै प्राप्त विवरणअनुसार बुधबार बिहान आएको बाढी तथा पहिरोका कारण केरुङ बन्दरगाह क्षेत्रको सडक, विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। हालसम्म केरुङ क्षेत्रमा ३ जनाको मृत्यु भएको र २६५ जना नागरिक सम्पर्कविहीन रहेको पुष्टि भएको छ।
Read full story at source (khabarhub.com)