बेपत्ताको खोजी र उद्धारका थप १० हेलिकप्टर परिचालन, २० वटा स्ट्यान्डबाइ
lokaantar.com

रसुवाको भोटेकोसी नदीमा हिजो आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई सरकारले आज बिहानैदेखि थप तीव्रता दिएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको सूचना अनुसार सरकारका सम्पूर्ण संयन्त्रहरू बाढी प्रभावित क्षेत्रमा पूर्ण रूपमा परिचालित छन् ।
जोखिममा परेका नागरिकहरूको सहायताका लागि नेपाली सेनाले हिजो राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता अत्यावश्यक राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पुर्याइसकेको छ ।
Read full story at source (lokaantar.com)