विपद् क्षेत्रमा राज्यका सबै संयन्त्र परिचालन, राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने
himalpress.com · Thu Aug 27 03:32:55 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रहरूमा सरकारले खोजी, उद्धार र राहत कार्यलाई आज बिहानैदेखि थप तीव्रता दिएको छ। बाढीले ठुलो क्षति पुर्याएपछि तटीय क्षेत्र र प्रभावित बस्तीहरूमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
जोखिममा परेका नागरिकहरूको तत्काल सहायताका लागि नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा पुगेर आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्री वितरण गरिसकेको छ। सेनाको टोलीले प्रतिकूल मौसम र रातको समयमा पनि स्थल मार्गबाट उद्धार कार्यलाई निरन्तरता दिएको थियो।
Read full story at source (himalpress.com)