बाढीपीडितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले १ करोड सहयोग गर्ने
lokaantar.com

रसुवाको भोटेकोशी नदीसहित देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको हो । विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारको पीडा न्यूनीकरण तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
Read full story at source (lokaantar.com)