धार्मिक आस्थाको धरोहर बडीमालिकामा आज विशेष पूजाआजा
annapurnapost.com · Thu Aug 27 03:40:34 GMT 2026

बाजुरा : सुदूरपश्चिमको प्रमुख धार्मिक गन्तव्य बडीमालिकामा बिहीबार विशेष पूजा तथा धार्मिक मेला भएको छ। जनैपूर्णिमाको पूर्वसन्ध्यामा साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका माताको विशेष पूजाआजा गर्ने परम्पराअनुसार आज मुख्य मेला लागेको हो।
बडीमालिकाको मुख्य पूजा आज भए पनि तीर्थयात्रीको आगमनलाई ध्यानमा राखेर भदौ १ गतेदेखि नै पूजाआजा सुरु गरिएको मन्दिरका पुजारी नेत्र पाध्यायले बताए। उनका अनुसार चतुर्दशीका दिन बडीमालिका माताको पूजा गरेपछि तीर्थयात्रीहरू फर्किने र जनैपूर्णिमाका दिन त्रिवेणी नगरपालिका–७ मा रहेको नाटेश्वरी मन्दिरमा पूजाआजा गर्ने धार्मिक चलन छ।
Read full story at source (annapurnapost.com)