मन्त्री डा. तिमिल्सिनाद्वारा घाइतेको अवस्था जानकारी
gorkhapatraonline.com · Thu Aug 27 03:52:25 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग बिहीबार भेटघाट गर्नुभएको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्दार गरेर नेपाली सेना, श्री नं १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ । सो अवसरमा मन्त्री डा तिमिल्सिनाले सरकारले बाढी प्रवाहित क्षेत्रमा खोज, उद्दार र राहतलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)